NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

पिपुल्स पावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । पिपुल्स पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले साउन ३१ गतेबाट आइपिओ निष्काशन गरेको हो । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ बिक्री खुला गरेको हो ।

जसमा ५५ अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सर्वसाधारणलाई निष्काशित गरेको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी९आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

पिपुल्स पावरको आइपिओ निष्काशन

 

ताजा अपडेट

नेपालवाच विशेष