नृत्य गरेपछि प्रहरीका सई कारबाहीमा
काठमाडौं । बर्दीसहित अश्लील नृत्य गरेको आरोपमा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) कारबाहीमा परेका छन् । रौतहटमा आयोजित एउटा सार्वजनिक मेलामा अश्लील नृत्य गरेको भन्दै सई राजकिशोर साहमाथि कारबाही गरिएको हो ।
रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुखसमेत रहेका सई साहले प्रहरीको बर्दीमा नै नर्तकीसित जिल्ला प्रहरी कार्यालय कारबाही गरेको हो ।
कृष्ण जन्माष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा सई साहले बर्दीमा नै हजारौँ दर्शकका अगाडि अश्लील नृत्य गरेका थिए ।
उक्त धार्मिक मेलामा भोजपुरी गीतको नृत्य आयोजना गरिएको थियो । त्यहाँ आएर सई समहले अश्लील नृत्य गरेको आयोजकले जनाएका छन् ।
सई साहले स्टेजमा नै चढेर नर्तसँगै टाँसिएर अश्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया