नृत्य गरेपछि प्रहरीका सई कारबाहीमा

काठमाडौं । बर्दीसहित अश्लील नृत्य गरेको आरोपमा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) कारबाहीमा परेका छन् । रौतहटमा आयोजित एउटा सार्वजनिक मेलामा अश्लील नृत्य गरेको भन्दै सई राजकिशोर साहमाथि कारबाही गरिएको हो ।
रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुखसमेत रहेका सई साहले प्रहरीको बर्दीमा नै नर्तकीसित जिल्ला प्रहरी कार्यालय कारबाही गरेको हो ।
कृष्ण जन्माष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा सई साहले बर्दीमा नै हजारौँ दर्शकका अगाडि अश्लील नृत्य गरेका थिए ।
उक्त धार्मिक मेलामा भोजपुरी गीतको नृत्य आयोजना गरिएको थियो । त्यहाँ आएर सई समहले अश्लील नृत्य गरेको आयोजकले जनाएका छन् ।
सई साहले स्टेजमा नै चढेर नर्तसँगै टाँसिएर अश्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया