सोमालियामा भएको हमलाको राष्ट्रसङ्घद्वारा निन्दा
एजेन्सी । सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । मोगादिसुको उक्त होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका बताइएको छ । पछि घाइतेहरुको निधन भएको र आइतबार बिहानसम्म निधन हुनेको संख्या २० पुगेको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरी सो आक्रमणमा संलग्नहरुको पहिचान गरी उनीहरूलाई सख्त कारबाही गर्न भनेका छन् ।
साथै सो विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको छ ।
शुक्रबार राति अल–शबाबका लडाकूहरुले उक्त होटलमा आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको थियो ।
हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए ।
उक्त हायात होटलमा हमला हुँदा ठूलो संख्यामा पर्यटक रहेका बताइएको छ । सो हमलापछि कडा सुरक्षाको व्यवस्था गरिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया