कार्मले दिए बिहे भोज
काठमाडौं । अभिनेता कार्म शाक्यले युरोपकी एनी सोफीसँग विवाह बन्धनमा बाँधिएको एक वर्षपछि शनिवार विवाह भोज दिएका छन् । उनले पाटन न्याखचोकस्थित नखबहिलमा बिहेको पार्टी दिएका हुन् ।
पार्टीमा हाँस्य कलाकार हरिवंश आचार्य, काठमाडौंका मेयर बालेन शाह, अभिनेत्री नम्रता श्रेष्ठ, दीया मास्के, सृष्टि श्रेष्ठ, अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, गायिका इन्दिरा जोशीलगायत कलाकारको उपस्थिती रहेको थियो ।

उनले प्रेमिका एनीसँग गत वर्ष नै बिहे गरेका हुन् । कोरोना महामारीका कारण बिहेभोजमा ढिलाइ भएकाले अहिले अहिले बिहेभोज दिएको बताइएको छ । उनले लुट, ‘शेरबहादुर’, ‘लुकामारी’, ‘कठपुतली’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया