‘युवा वर्ष मोती पुरस्कार’ साहित्यकार बिर्खे अञ्जानलाई
काठमाडौं । यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा साहित्यकार मकवानपुरका लक्ष्मण बतौला (बिर्खे अञ्जान) लाई प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा कोषले साहित्यकार बतौलालाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
नेपाली भाषा एवं साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्र्याएबापत उनलालाई सो पुरूस्कार प्रदान गर्न लागिएको कोषले जनाएको छ । उक्त पुरस्कारको राशि ४० हजार रहेको छ ।
पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कोषले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया