नेपालको केन्या भ्रमण : यस्तो छ खेल तालिका
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या भ्रमण गर्दैछ ।
नेपालले घरेलु टोली केन्या ८ खेल खेल्दैछ । जसमा ५ खेलको टि–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय खेल समावेश छन् ।
टि–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
दुबै सिरिज नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टि–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।
नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टोली सम्हाल्नेछन् ।
सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपाली टोली :

यस्तो छ नेपाल र केन्याबीचको खेल तालिका :

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया