बाढी पहिरोका कारण सुडानमा आपतकाल घोषणा
एजेन्सी । सुडानका ६ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।
“आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ, ती राज्यहरुमा उच्च सतर्कता आपाउनु पर्ने भएको छ,” एक मन्त्रीले भने ।
सरकारी अधिकारीहरूका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो ।
मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरू परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिनुभएको छ ।
बाढी पहिरो पीडितहरूलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरूलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि बैंक खाता खोल्ने निर्णय भएको पनि मन्त्री हुसेनले जानकारी दिए । बाढी पहिरोबाट पीडितलाई सहयोगका लागि प्रभावकारी उपाय अपनाउन पनि सरकारी अधिकारीहरूले निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया