कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने
मान्म । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो । कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध हुने भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मङ्गलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुनेछ ।
सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ गर्नुपर्ने भनेकाले कर्णाली राजमार्ग अवरुद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । “प्राविधिक रुपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ”, उनले भने, “भार क्षमता जाँच यातायात साधन बन्द गर्नुपर्ने भएका कारणले कर्णाली पुल र घट्टेखोला पुल क्षेत्रमा यातायात बन्द हुनेछन् ।”
राजमार्गको दुवैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । “कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी दिइएको छ”, उनले भने, “यात्रुहरू त्यो समयमा असुविधा हुने भएको छ ।”
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया