किसानलाई पठाइएको करोडौं राहत वितरण नभई फिर्ता
धनगढी । कैलालीका स्थानीय तहले बेमौसमी वर्षाले धान भिजाएर कुहिएबापत आएको राहत रकम किसानलाई वितरण नगरी फिर्ता गरिदिएका छन् ।
८३ हजार ४ सय किसानलाई राहत वितरण गर्न संघीय सरकारले गत जेठमा २१ करोड ९७ लाख रूपैयाँ पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसमा केही रकम थप गरी स्थानीय तहहरूलाई २२ करोड २६ लाख ६७ हजार ५४० रूपैयाँ पेस्की दिएको थियो । त्यसमध्ये स्थानीय तहहरूले पाँच करोड ६३ लाख ८५ हजार ८०० रूपैयाँ फिर्ता पठाएका छन् ।
उनीहरूले ५९ हजार २४५ जना किसानलाई १६ करोड ६२ लाख ८१ हजार ७४० रूपैयाँ भने राहत वितरण गरेका छन् ।
कैलालीमा स्थानीय तहहरूले राहत पाउनुपर्ने किसानमध्ये ७१ प्रतिशतलाई ७४.६७ प्रतिशत राहत रकम वितरण गरेका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले सबै किसानले राहत पाउन नसके पनि राहत वितरणको प्रगति ठीकै भएको बताए । उनले कर्मचारी, पदाधिकारी र किसानको केही कमजोरीका कारण सबै राहत वितरण गर्न नसकिएको बताए, आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया