बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
जसमध्ये ६० प्रतिशत अर्थात ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४४ करोड बराबरको ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया