बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
जसमध्ये ६० प्रतिशत अर्थात ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४४ करोड बराबरको ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया