घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार छापावल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सो सुनको मूल्य ९५ हजार ३०० तोकिएको थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँ कायम छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ११ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो ।
प्रतिक्रिया