दीपाको जन्मदिनमा के भने दीपकले ?
काठमाडौं । हाँस्य टेलीशृंखला ‘तितो सत्य’ बाट दर्शकमाझ छवि बनाउन सफल भएकी हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन परेको छ ।
उनको जन्मदिनमा शुकामना व्यक्त गर्दै हास्यकलाकार तथा अभिनेत्रा दीपक राज गिरीले सहकार्यको ३० वर्ष बितेको स्मरण गर्दै उनलाई फेसबुकमार्फत शुभकामना दिएका छन् । उनले बिगतमा संघर्ष र सहकार्यको समयमा दिपाले दिएको साथ सम्झदै दीपाको जन्मदिन उनको मात्र नभई आफ्ना लागेको उल्लेख गरेका छन् ।
यस्तो छ उनको स्टाटस :
हरेक बर्ष झै आजको दिन मलाइ कसै संग शब्दहरू सापटी माग्न मन लाग्छ
किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !
मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुंदिएको छ
हेर्दा हेर्दै अब त ३० बर्ष पनि बितेछ !
तिमि धनियॉ बनेर आएकि थियौ र त
रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो !
टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ !
म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि थियौ
आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!
समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र ?
त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ
ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ ….
आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने
यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना !!!
उनको जन्मदिनमा दीपकराजबाहेक अन्य धेरै कलाकारले पनि शुभकामना दिएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया