NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कान्ति बाल अस्पतालमा हिमालयन बैंकले सञ्चालन गर्‍यो नगद संकलन काउन्टर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेका हुन् ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष