NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरियामा कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडाैं । दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड-१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको संख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जनाएका छन् ।

कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो । यो घातक  संक्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या २६ हजार एक सय ६१ पुगेको छ ।