अर्थ मन्त्रालयले गर्यो सहसचिवहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिबाट ‘क्लिन चिट’ पाएर पुनर्वहाली गरेपछि पहिलोपटक मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रालयको सोमबार बसेको बैठकले सहसचिवहरू शिवप्रसाद तिवारी, राजेश्वर ज्ञवाली, शम्भुप्रसाद मरासिनी र ढुण्डीराज निरौलाको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक शिवप्रसाद तिवारीलाई उक्त जिम्मेवारीबाट हटाइएको छ ।
उक्त जिम्मेवारी अब राजेश्वर ज्ञवालीले पाएका छन् । ज्ञवाली मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए । तिवारीलाई भने राजस्व तालिम केन्द्रको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, साना तथा मझौला करदाता कार्यालयमा कार्यरत शम्भुप्रसाद मरासिनीको ठाउँमा ढुण्डीराज निरौलालाई पठाइएको छ । निरौला मन्त्रालयका प्रवक्ता हुन् । मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया