४ अर्ब ८१ करोडको अलैँची निर्यात, स्वदेशमा खपत ५ प्रतिशतमात्रै
काठमाडौं । नेपालले एक वर्षमा अर्थात गत आर्थिक वर्ष ७८/७९ मा ४ अर्बभन्दा बढी अलैची निर्यात भएको छ । भन्सार विभागका तथ्यांकअनुसार एक वर्षमा कुल ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको ५३ लाख ६७ हजार ४४३ केजी अलैँची निर्यात भएको हो ।
नेपालले पाकिस्तान र चीनमा अलैँची निर्यात गर्दै आइरहेको छ । विभागका अनुसार सबैभन्दा बढी अलैची निर्यात भारतमा भएको छ । सोही अवधिमा भारतमा ४ अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपैयाँको ५२ लाख ९७ हजार ४४३ केजी अलैँची निर्यात भएको छ । त्यसपछि पाकिस्तानमा ३ करोड ४४ लाख ७५ हजार रुपैयाँको ७० हजार केजी अलैँची निर्यात भएको विभागको तथ्यांक छ ।
स्वदेशी खपत ५ प्रतिशत मात्रै
नेपालमै उत्पादन हुने बहुउपयोगी अलैँची स्वदेशमै भने यसको खपत कम हुँदै गएको सरोकारवालाहरुले बताउँदै आएका छन् । नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताउँछन् ।
सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गर्छन् ।
महासंघको तथ्यांकअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ ।
पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून बन्दै गइरहेका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया