NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ३३ करोडको कारोबार

काठमाडाैं । मंगलबार नेप्से सूचक झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार मंगलबार नेप्से १.८५ अंकले बढेर २०५४.९९ विन्दुमा पुगेको छ ।

आज ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड ४० लाख ३१ हजार २५ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको नकारात्मक छ। लगानी उपसमूहको सूचक भने स्थिर छ।

मंगलबार रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, अपरहेवाखोला हाइड्रोपावरको ९.९७ प्रतिशत र हिमालयन बैंकको ३.१६ प्रतिशतले बढेको छ।

आज सामलिङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.९३ प्रतिशतले घटेको छ भने विन लघुवित्तको ३.५५ प्रतिशत, दोर्दी हाइड्रोपावरको २.८० प्रतिशत, हिमालयन पावर पार्टनरको २.६३ प्रतिशत र बुधभूमी हाइड्रोपावरको २.३१ प्रतिशतले घटेको छ।

मंगलबार हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै १४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडि हाइड्रोपावरको ७ करोड ६५ लाख, अपि पावरको ५ करोड ४५ लाख, शिवम् सिमेन्टको ४ करोड ३७ लाख र प्राइम बैंकको ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।