NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एमालेमा नवप्रवेशीलाई उच्च प्राथमिकता : व्यवस्थापन गर्न मातहतका समितिलाई विशेष निर्देशन

काठमाडौं । आगामी निर्वाचनमा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नवप्रवेशीहरूलाई विशेष महत्व दिएको छ । चुनावी रणनीति बनाउन मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले नवप्रवेशीलाई जिम्मेवारी दिन सम्बन्धित समितिलाई अध्यक्ष ओलीले निर्देशन दिएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

माओवादी लगात अन्य दलबाट एमाले प्रवेश गरेकालाई जिम्मेवारी नदिएकोमा असुन्तुष्टि देखिएपछि एमालेले मातहतका समितिलाई विशेष सर्कुलर नै जारी गरेको छ ।

‘विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई केन्द्रको अनुमतिमा जिल्ला वा मताहत समितिमा मनोनय गर्न वा जिम्मेवारी तोक्न निर्देशन आएको छ’, गुरुङले भने, ‘नवप्रवेशीहरूको व्यवस्थापनमा कुनै समस्या आए केन्द्रसँग समन्वय गर्न भनिएको छ ।’

बैठकले पछिल्लो समयबाट विभिन्न दलबाट आएका केन्द्रीय नेताहरूको जिम्मेवारी अनुमोदन गरेको छ । माओवादीबाट प्रवेश गरेका जीवन गौतम, कांग्रेसबाट प्रवेश गरेका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा गरिएको मनोनयन आजको बैठकले अनुमोदन गरेको गुरुङले जानकारी दिए । उनका अनुसार जसपाबाट आएका नेता द्ववय कुलभक्त शाक्य र डिबी नेपालीलाई केन्द्रीय सल्लाहकार समितिमा गरिएको मनोनय अनुमोदन गरेको छ ।

माओवादीबाट एमालेमा रहेका केन्द्रीय नेताहरूले नै जिम्मेवारी नपाएको भन्दै निराशा व्यक्त गरेका थिए । बैठकले नवप्रवेशीहरूलाई निर्वाचनसम्म कायमै राख्ने निर्णय गरेको छ । चुनावको मुखमा एमालेले नवप्रवेशीहरूलाई उच्च प्राथमिकता दिनुलाई वामपन्थी जनमत तान्ने रणनीतिको रूपमा हेरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष