NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गठबन्धनलाई धुलोपिठो बनाउने गरी निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमतको सरकार बनाउने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

चुनावी रणनीति तथा केन्द्रीय समितिको एजेण्डा तय गर्न मंगलबार पार्टी कार्यलय च्यासलमा बसेको बैठकमा ओलीले एकल नेतृत्वको सरकार बनाउने गरी तयारीमा जुट्न आग्रह गरेको संगठन विभाग प्रमुख खगराज अधिकारीले जानकारी दिए ।

‘आगामी निर्वाचनमा अपवित्र गठबन्धनलाई धुलो चटाउनुपर्छ । गठबन्धन दलहरूको कुनै नीति, सिद्धान्त र विचार छैन’, ओलीको भनाइ उदृढ गर्दै आधिकारीले भने, ‘राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा, जनजिविका र विकासका लागि बनेको गठबन्नधन होइन । यो एमालेलाई घेराबन्दी गर्ने देशलाई समाप्त पार्न बनेको अपवित्र गठबन्धन हो । आगामी निर्वाचनबाट गठबन्धन धुलोपिठो हुन्छ ।’

अधिकारीले देशभर एमामालेको स्थिति पहिलोको भन्दा बलियो रहेको दाबी गरे ।

‘सातै प्रदेशका इन्चार्जहरूबाट ७७ वटै जिल्लामा पार्टीको जिल्लागत अवस्थाबारे बैठकमा ब्रिफिङ भयो’, उनले भने, ‘आगामी निर्वाचनमा वामगठबन्न नगरी एमालेले एकल बहुमत ल्याउँछ । नेताहरूलाई होइन वामपन्थी कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउने अभियान चलाउँछौं ।’
गठबन्धन छोडेर आएमा उनीहरूसँग सहकार्य हुनसक्ने अधिकारीले बताए । बैठकमा ओलीले केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डाबारे संक्षिप्तमा आफ्नो धारणा राखेको उनको भनाइ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था, चुनावी तयारी, गठबन्धन दललाई हेर्ने दृष्टिकोण लगायत विषय समेटेर केन्द्रीय समितिमा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

ओलीले ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । १२ गते निर्वाचन परिचालन उच्चस्तरीय समितिको बैठक बस्दैछ ।