NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

तस्करले हानेको ढुंगाले लागेर तीन प्रहरी घाइते, तीनै राउण्ड हवाई फायर

काठमाडौं । षचमा तस्करहरूसँगको झडपमा तीनजना प्रहरी घाइते भएका छन् ।

तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको थियो । सो क्रममा तस्करहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा लागेर तीन प्रहरी घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायरसमेत गरेको थियो ।

जिल्लाको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

घटनास्थलमा थप प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

पेस्तोलसहित एक राउन्ड गोली बरामद