भारतीय राजदूतले भेटे बाबुराम

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग भेटघाट गरेका छन् ।
नवनियुक्त राजदूत श्रीवास्तवले मंगलबार टोखास्थित भट्टराई निवासमा पुगेर भेट गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भट्टराईले नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।
‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवद्वारा शिष्टाचार भेट ! नेपाल र भारत बीचका आपसी हितका विषयमा विचारविमर्श !’, उनले फेसबुकमा लेखेका छन् ।
जनता समाजवादी पार्टीबाट अलग भएर नेसपा गठन गर्दै नेकपा (माओवादी केन्द्र)सँग एउटै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेका भट्टराईलाई भारतीय राजदूतले निवासमै गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया