४ अर्ब ४४ करोडको पाम तेल आयात, ३ अर्ब ७४ करोडको निर्यात

काठमाडौं । चालु आव २०७९/८० को पहिलो महिना अर्थात साउनमा ४ अर्बभन्दा बढीको पाम तेल निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा विभिन्न देशबाट नेपालले ४ अर्ब ४४ करोड ५९ लाख ८१ हजार ५९ लाख ८१ हजार रुपैयाँको २ करोड ३३ लाख ६ हजार ५३० लिटर पाम तेल आयात भएको छ । उक्त रुपैयाँ बराबरको पाम तेल आयात हुँदा सरकारले ४३ करोड ७७ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपालमा सबैभन्दा बढी उक्त अवधिमा कच्चा पाम तेल मात्रै ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको आयात भएको छ । नेपालमा इन्डोनोसिया, फिलिपिन्स, भारत, मलेसियालगायतका देशबाट पाम तेल आयात हुँदै आएको छ । एक महिनाको अवधिमा सबैभन्दा धेरैइन्डोनोसियाबाट ४ अर्ब १४ करोड ३२ लाख ८२ हजार रुपैयाँको २ करोड १९ लाख ५७ हजार ७३१ लिटर पाम तेल आयात भएको छ ।
त्यसपछि मलेसियाबाट २१ करोड ५२ लाख ५० हजार रुपैयाँको ९ लाख ४२ हजार ३१० लिटर, फिलिपिन्सबाट ५ करोड ८ लाख ४० हजार रुपैयाँको २ लाख २४ हजार ६७९ लिटर र भारतबाट ३ करोड ६६ लाख ९ हजारको १ लाख ८१ हजार ८१० लिटर पाम तेल आयात भएको विभागको तथ्यांक छ ।
३ अर्ब ७४ करोडको निर्यात
नेपालले विभिन्न देशबाट कच्चा पाम तेल आयात गरी त्यसलाई प्रशोधन गरेर पुनः निर्यात गर्दै आएको छ । नेपालले पाम तेल भारतमा निर्यात गर्दै आइरहेको छ । चालु आवको साउनमा मात्रै नेपालले भारतमा ३ अर्ब ७४ करोड २७ लाख ७ हजार रुपैयाँको एक करोड ६२ लाख ७६ हजार २७ लिटर पाम तेल निर्यात गरेको विभागको तथ्यांक छ ।
ताजा अपडेट
-
वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया