NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सिके राउतकी योग शिक्षिका सोभिताले भेटिन् पर्यटनमन्त्री

काठमाडौं । योग शिक्षिका सोभिता सिम्खडाले संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई भेटेकी छिन् । उनले निवासमै गएर बुधबार भेटेकी हुन् ।

रानीवनस्थित आशो तपोवनकी योग शिक्षिका रहेकी सिम्खडाले मन्त्री श्रेष्ठसँग योग, ध्यान, संस्कृतिका बिषयमा महत्वपूर्ण कुराकानी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

मन्त्री श्रेष्ठलाई आफूले अध्यात्म र संस्कृतिप्रेमी रहेको पाएको बताउँदै उनले लेखेकी छिन्, ‘मन्त्रीज्यूको कुराले उत्साहित बनाएको छ ।’

सिम्खडाले गत महिनामात्रै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई नौ दिनसम्म तपोवनमै राखेर योग शिक्षा दिएकी थिइन् ।

उनी कुनैबेलाकी नेपाली चलचित्रकी नायिका हुन् । तर, अहिले चलचित्र क्षेत्र छोडेर ओशोमार्गमा लागेकी छिन् ।

सिके राउत अब ‘आनन्द मैत्रय’ !