साउदी अरेबियाले एआइसम्बन्धी विश्व सम्मेलन गर्ने
काठमाडाैं । साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।
‘राम्रो मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।
सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञताका विषयमा कार्यपत्र पनि प्रस्तुत गर्ने जनाइएको छ ।
सो सम्मेलनमा स्मार्ट सिटी, मानवीय क्षमताको विकास, स्वास्थ्य क्षेत्र, यातायात, संस्कृति तथा सम्पदा, उर्जा आदिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामहरुका बारेमा पनि छलफल गरिने छ ।
मानिसको सहयोगी एवं मानवीय सेवा र जनशक्तिको पूर्तिका क्षेत्रमा यस आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामका बारेमा सो सम्मेलनमा छलफल गरिने जनाइएको छ ।
हाल विश्वमा प्रयोगमा आइरहेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा आवश्यक मात्रामा परामर्श र छलफल गरी यसको प्रयोगमा देखा परिरहेका चुनौती र त्यसको समाधानका उपायहरुका बारेमा पनि सो सम्मेलनमा छलफल हुने बताइएको छ ।
मानवीय सेवाका क्षेत्रमा बढीभन्दा बढी यो आर्टिफिसियल इन्टेलिजेन्सलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सो सम्मेलनमा यसका विज्ञहरुका बीचमा छलफल हुने सो समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया