उपकुलपतिको कुर्सीमा जुत्ताको माला
काठमाडौं । विभिन्न विषयका परीक्षामा गत वर्षकै प्रश्न हुबहु दोहोर्याएको बिषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाएको छ ।
त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको तथा उपकुलपतिलाई भेट्न आउँदा पनि उनलाई नभेटिएको भन्दै नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाइदिएको बताएका छन् । गत जेठ १८ गते लिएको अर्थशास्त्रअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ लगायत विषयका प्रश्नपत्र गत वर्षकै दोहोरिएको थियो।
उक्त प्रश्नपत्र दोहोरिए पछि प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ । नेविसंघ त्रिवि समितिले उपकुलपतिको कार्यपक्षमा पुगेर कुर्सीमा जुत्ता राखेका थिए।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया