NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

अमिताभ बच्चनलाई दोस्रोपटक कोरोना संक्रमण

काठमाडाैं । भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको लेखेका छन् ।

‘म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,’ उनले लेखेका छन् ।

उनले आफू अहिले पहिलो पटक संक्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन् । यसअघि उहाँ सन् २०२० को जुलाईमा पहिलो पटक संक्रमित भएका थिए ।

त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए । उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि संक्रमित भएका थिए ।