NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राष्ट्रपतिले राजीनामा दिने विषयले राजनीतिमा नयाँ तरंग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने हल्लाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

आफैँले पठाएको १५ बुँदे सन्देशसहितको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पास गरेपछि राष्ट्रपति भण्डारी राजीनामा दिने मुडमा पुगेको बताइएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सैनिक उच्च अधिकारीसँग छलफल गरेको शीतलनिवास स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी एमालेले विरोध गर्दै आएको छ ।

भण्डारी एमालेबाटै राष्ट्रपति भएकी हुन् ।

कार्यकाल नसकी राष्ट्रपतिले राजीनामा दिने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवा केही तनावमा रहेको कांग्रेस स्रोतले जनाएको छ ।