राष्ट्रपतिले राजीनामा दिने विषयले राजनीतिमा नयाँ तरंग
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने हल्लाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
आफैँले पठाएको १५ बुँदे सन्देशसहितको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पास गरेपछि राष्ट्रपति भण्डारी राजीनामा दिने मुडमा पुगेको बताइएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सैनिक उच्च अधिकारीसँग छलफल गरेको शीतलनिवास स्रोतले जनाएको छ ।
प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी एमालेले विरोध गर्दै आएको छ ।
भण्डारी एमालेबाटै राष्ट्रपति भएकी हुन् ।
कार्यकाल नसकी राष्ट्रपतिले राजीनामा दिने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवा केही तनावमा रहेको कांग्रेस स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया