नेसपाले गर्यो निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले परिचालन समिति गठन गरेको हो ।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले समितिको सहसंयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठलाई तोकेको छ ।
समितिमा सबै केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेका छन् ।
बैठकले मङ्सिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मेवारी अध्यक्ष भट्टराईलाई नै दिएको छ ।
राष्ट्रपतिलाई बाबुरामको प्रश्न : चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाउन खोजेको हो ?
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया