NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केन्याविरुद्ध जित निकाल्न कुन नेपाली खेलाडीले कस्तो खेले ?

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले टि–२० क्रिकेटमा पहिलो खेलमै जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले हाराएको हो ।

टस हारेर फिल्डिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनमात्र बनाएको थियो ।

झिनो लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ब्याटिङमा मुख्य भूमिका खेले । दीपेन्द्रले २४ बलमै ३३ रन बनाएर नेपालको धर्मराएको ब्याटिङ सम्हालिदिए ।

यस्तै, अविजित रहेका आरिफ शेख निर्णायक बने । उनले १५ बलमा २४ रन बनाउँदै नेपालको जित सुनिश्चित बनाए ।

यसैगरी, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९, रोहित पौडेलले १३ रन जोडे । नेपालको जित सुनिश्चित गर्ने क्रममा आदिल अन्सारीले अविजित रहँदै २ रन बनाए ।

यसअघि सोमपाल कामीले ३, कप्तान सन्दीप लामिछानेले २ तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएसँगै केन्या झिनो रनमा समेटिएको थियो ।

नेपालको जितमा बलरहरूको प्रदर्शन नै प्रमुख रह्यो । सोमपाल प्लेयर अफ दि म्यान भए ।

केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल खेल्नेछ ।

No photo description available.

केन्याविरुद्धको पहिलो टि–२० मा नेपालको जित