केन्याविरुद्ध जित निकाल्न कुन नेपाली खेलाडीले कस्तो खेले ?
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले टि–२० क्रिकेटमा पहिलो खेलमै जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले हाराएको हो ।
टस हारेर फिल्डिङ रोजेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनमात्र बनाएको थियो ।
झिनो लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ब्याटिङमा मुख्य भूमिका खेले । दीपेन्द्रले २४ बलमै ३३ रन बनाएर नेपालको धर्मराएको ब्याटिङ सम्हालिदिए ।
यस्तै, अविजित रहेका आरिफ शेख निर्णायक बने । उनले १५ बलमा २४ रन बनाउँदै नेपालको जित सुनिश्चित बनाए ।
यसैगरी, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९, रोहित पौडेलले १३ रन जोडे । नेपालको जित सुनिश्चित गर्ने क्रममा आदिल अन्सारीले अविजित रहँदै २ रन बनाए ।
यसअघि सोमपाल कामीले ३, कप्तान सन्दीप लामिछानेले २ तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएसँगै केन्या झिनो रनमा समेटिएको थियो ।
नेपालको जितमा बलरहरूको प्रदर्शन नै प्रमुख रह्यो । सोमपाल प्लेयर अफ दि म्यान भए ।
केन्या भ्रमणमा रहेको नेपालले अझै ४ टि–२० र ३ एकदिवसीय खेल खेल्नेछ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया