आतङ्कवाद मुद्दामा इमरान खानलाई जमानत
काठमाडौं (एजेन्सी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संघीय राजधानी इस्लामाबादका अतिरिक्त इजलास न्यायाधीश जेबा चौधरी र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा दर्ता गरिएको आतङ्कवादको मुद्दामा सेप्टेम्बर १ सम्मका लागि सुरक्षात्मक जमानत स्वीकृत गरिएको हो ।
इस्लामाबादको आतङ्कवाद नियन्त्रण अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानलाई बिहीबार अन्तरिम जमानत प्रदान गरेको हो ।
उनलाई एक लाख रुपैयाँको जमानतका लागि स्वीकृत दिइएको हो । इस्लामाबादका सदर म्याजिस्ट्रेट अली जावेदको उजुरीका आधारमा इमरान खानविरुद्ध आतंकवादको मुद्दामा शनिबार अबेर राति मुद्दा दर्ता गरिएको थियो ।
तर, पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ र उनलाई सेप्टेम्बर १ सम्ममा अदालतमा उपस्थित हुन आदेश दिइएको छ । यद्यपि, अदालतले पीटीआईका वकिल बाबर अवानको थप जमानतको अनुरोधलाई अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया