NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

निर्वाचनको माहोल सुरु भइसक्यो : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल शुरु भइसकेको बताएका छन् । हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको भन्दै उनले आगामी निर्वाचन पनि कांग्रेस नेतृत्वको सरकारले निष्पक्ष रुपमा गर्ने बताए ।

कांग्रेसका नेतृत्वमा निष्पक्ष निर्वाचन हुन्छ भन्ने आम बुझाइ भएको उनको भनाई थियो ।

‘यो सरकार बन्नु अघिको सरकाले आवश्यक ऐन कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने आन्दोलन गर्नुपर्ने परिस्थिति बनेको छ’ उनले भने, ‘अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुनेछन् । हाल स्थानीय र प्रदेश सरकारले चाहे अनुसार र संविधान मा व्यवस्था भए अनुसारका काम गर्न नसक्नुको कारण ओली सरकार हो ।’

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंह को २७ औं औं स्मृति दिवसको अवसरमा शोभाभगवतिमा आज बिहान आयोजित माल्यार्पण कार्यक्रममा उनले यस्तो बताएका हन् ।

पछिल्ला राजनीतिक घटनाक्रमका बारे सबै जानकार रहेको भन्दै मुलुकको पछिल्लो घटनाबाट हुन सक्ने राजनीतिक दुर्घटना रोक्न हालको लागि कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको समेत बताए । अब सरकार र राजनीतिक दलहरु सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नुपर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै नेता सिंहले स्वर्गीय मंगलादेवी सिंहले सुरु गर्नु गरेको अधिकार प्राप्तिको आन्दोलन को निरन्तरता स्वरुप अहिले सबै क्षेत्रमा ३३ महिला सभागिता सुनिश्चित भएको पनि बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहले पुर्याएको योगदानलाई आजको दिन सम्झनुपर्ने पनि उनले बताए । कार्यक्रम नेपाल महिला संघ काठमाडौ जिल्लाको आयोजनामा भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष