आर्थिक संकट र कोभिडका कारण बालअधिकार हनन् खुम्चिदै
काठमाडाैं । लेबनानमा पछिल्लो समयमा देखा परिरहेको आर्थिक संकट र कोभिड-१९ को महामारीका कारण त्यहाँका बालबालिकाको अधिकार खुम्चिदै गएको पाइएको बताइएको छ ।
समाचारमा जनाइएअनुसार आर्थिक संकटका कारण त्यहाँका बालबालिकाले पाउने शिक्षा स्वास्थ्यलगायतका कैयौँ आधारभूत अधिकारहरुमा पनि कटौती भइरहेको छ । संयुक्त राष्ट्रसंघीय बालकोषले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको पाइएको छ ।
बाल सिर्जना, खेल्ने अधिकार, शिक्षा तथा अन्य आधारभूत स्वास्थ्यको अधिकारबाट पनि त्यहाँका बालबालिका दिन प्रतिदिन बञ्चित हुदै गएका सो एजेन्सीले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खासगरी यहाँ पछिल्ला दिनहरुमा आर्थिक संकटका कारण चर्को मूल्य बृद्धि भएको र बेरोजगारी दर पनि दिनहुँ बढ्दै गएको छ । यसका कारण यहाँका मानिसहरु गरिबीको चपेटामा पर्दै गएका छन् ।
बाबुआमामा गरिबी तथा महंगीको समस्या आएपछि उनीहरुका छोराछोरीका आधारभूत बालअधिकारका सुविधाहरुमा पनि कटौती हुन पुगेको बताइएको छ । विश्वमा कोभिड १९ को संक्रमणले समस्या पारिरहेको छ । त्यस्तै पछिल्ला केही महिनायता आर्थिक संकट र महँगीको समस्या पनि उत्पन्न भएको छ ।
यसले गर्दा विश्वका अरु देशको जस्तै लेबनानमा पनि आर्थिक अभाव देखिएको छ । कोभिडका कारण अर्थतन्त्र पनि संकटमा पर्न लागेको बताइएको छ ।
सो अध्ययनले लेबनानका ८० प्रतिशत भन्दा बढी नागरिकले घरमा आवश्यक पर्ने न्युनतम आवश्यकताको पूर्ति गर्नका लागि खर्च गर्न पनि नसक्ने अवस्थामा पुगेका देखाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया