‘निक इलेक्ट्रो टेक २०२२’ को स्टल बुकिङ खुल्ला
काठमाडाैं । ‘निक इलेक्ट्रो टेक २०२२’ को स्टल बुकिङ खुल्ला भएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । ‘निक इलेक्ट्रो टेक २०२२’ यही मंसिर २२ गते देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना हुँदै छ ।
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविद्यि, विद्युतीय सवारी साधनतथा वैकल्पीक उर्जा कम्पनीहरू सहभागी हुन सक्ने छन् ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ । महासंघका अनुसार उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक उर्जा खपतको अभिवृद्घि एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि सो आयोजना गर्न लागेको हो ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया