केन्याविरुद्धको दोस्रो टि–२० मा नेपाल पराजित
काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टि–२० क्रिकेट खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल १८ रनले पराजित भएको हो ।
केन्याले दिएको १३३ रनको झिनो लक्ष्यसमेत नेपालले भेट्टाउन सकेन । नेपालले १९ ओभरमै सबै विकेट गुमाएर ११५ रनमात्र बनाउन सक्यो ।
नेपालको ब्याटिङ आज पनि धर्मरायो । आरिफ शेखले २५, आदिल अन्सारी र रोहित पौडेलले तथा पवन सर्राफले १९ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाएको थियो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३, करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिएका थिए ।
बिहीबारको पहिलो टि–२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
नेपाल र केन्याबीच टि–२० सिरिजमा १–१ को बराबरी भएको छ । अब ३ खेल हुन बाँकी छ । यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय खेलसमेत खेल्नेछ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया