NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केन्याविरुद्धको दोस्रो टि–२० मा नेपाल पराजित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टि–२० क्रिकेट खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल १८ रनले पराजित भएको हो ।

केन्याले दिएको १३३ रनको झिनो लक्ष्यसमेत नेपालले भेट्टाउन सकेन । नेपालले १९ ओभरमै सबै विकेट गुमाएर ११५ रनमात्र बनाउन सक्यो ।

नेपालको ब्याटिङ आज पनि धर्मरायो । आरिफ शेखले २५, आदिल अन्सारी र रोहित पौडेलले तथा पवन सर्राफले १९ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाएको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३, करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिएका थिए ।

बिहीबारको पहिलो टि–२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

नेपाल र केन्याबीच टि–२० सिरिजमा १–१ को बराबरी भएको छ । अब ३ खेल हुन बाँकी छ । यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय खेलसमेत खेल्नेछ ।

नेपालले आज पनि झिनो लक्ष्य पायो