तीन हजारको लोभले इन्जिनियर बमको जागीर धरापमा, इज्जत खोलामा

काठमाडौँ । सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम तीन हजार घुस सहित पक्राउ परेका छन्
सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरणका लागि उनले सेवाग्राहीसँग ततीन हजार रुपैयाँ घुस लिएका थिए ।
उनले घुस मागेको सुचना त्यसअघि नै अख्तियारलाई पुगेको थियो ।
इन्जिनियर बमलाई घुस खुवाउन विचौलिया नीरकबहादुर शाहीले सहयोग गरिरहेका थिए । अख्तियारले इन्जिनियर बम र विचौलिया शाहीलाई तीन हजार रुपैयाँ घुस सहित शुक्रबार पक्राउ गरेको हो । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
अब के हुन्छ ?
अब अख्तियारले विचौलिया सहित इन्जिनियर शाही विरुद्ध सरकारी पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गर्छ । त्यसका लागि अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
बिशेष अदालतमा मुद्धा दायर भएसँगै बम सरकारी सेवामा निलम्बनमा पर्छन ।
अख्तियारले दावी गरेर दर्ता गरेको मुद्धाअनुसार नै बिशेष अदालतले फैसला गरेमा बमको सरकारी जागीर चट हुन्छ । त्यसपछि उनले भविष्यमा समेत सरकारी जागीर खान पाउँदैनन् ।
यदि बलमे मुद्धा जिते भने चाँहीी जागीरमा फर्कन पाउँछन् । तर सामाजिक प्रतिष्ठाचाँही गुमाइसकेका हुन्छन् ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया