तीन हजारको लोभले इन्जिनियर बमको जागीर धरापमा, इज्जत खोलामा
काठमाडौँ । सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम तीन हजार घुस सहित पक्राउ परेका छन्
सेवाग्राहीसँग विलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरणका लागि उनले सेवाग्राहीसँग ततीन हजार रुपैयाँ घुस लिएका थिए ।
उनले घुस मागेको सुचना त्यसअघि नै अख्तियारलाई पुगेको थियो ।
इन्जिनियर बमलाई घुस खुवाउन विचौलिया नीरकबहादुर शाहीले सहयोग गरिरहेका थिए । अख्तियारले इन्जिनियर बम र विचौलिया शाहीलाई तीन हजार रुपैयाँ घुस सहित शुक्रबार पक्राउ गरेको हो । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
अब के हुन्छ ?
अब अख्तियारले विचौलिया सहित इन्जिनियर शाही विरुद्ध सरकारी पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको आरोपमा बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गर्छ । त्यसका लागि अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
बिशेष अदालतमा मुद्धा दायर भएसँगै बम सरकारी सेवामा निलम्बनमा पर्छन ।
अख्तियारले दावी गरेर दर्ता गरेको मुद्धाअनुसार नै बिशेष अदालतले फैसला गरेमा बमको सरकारी जागीर चट हुन्छ । त्यसपछि उनले भविष्यमा समेत सरकारी जागीर खान पाउँदैनन् ।
यदि बलमे मुद्धा जिते भने चाँहीी जागीरमा फर्कन पाउँछन् । तर सामाजिक प्रतिष्ठाचाँही गुमाइसकेका हुन्छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया