एपेकको बैठक स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलित बनाउने प्रयासमा केन्द्रित
काठमाडाैं । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका स्वास्थ्यमन्त्री, उच्चअधिकारी र विज्ञहरूले यस क्षेत्रका जनताको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लागि संयुक्त प्रयासमा सहमति जनाएका छन् ।
थाइल्याण्डका उपप्रधानमन्त्री एवं जनस्वास्थ्यमन्त्री अनुटिन चार्नभिराकुलले बिहीबारदेखि शुक्रबारसम्म आयोजित स्वास्थ्य र अर्थतन्त्रसम्बन्धी १२औँ एपेक उच्चस्तरीय बैठकमा सहभागीहरूले भविष्यमा हुने महामारीविरुद्ध यस क्षेत्रको लचिलोपनका बारेमा विचार आदानप्रदान गर्नुका साथै समग्र समाजमा गुणस्तरीय वृद्धिलाई बढावा दिने प्रतिबद्धता दोहो-याएका छन् ।
खोप, निदान र थेराप्युटिक्सजस्ता स्वास्थ्य प्रविधिमा सार्वजनिक र निजी लगानीलाई बढावा दिने विषयमा छलफल केन्द्रित रहेको सहभागी प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले नयाँ प्रबिधिहरूलाई बढावा दिन समावेशी डिजिटल अर्थव्यवस्था सिर्जना गर्न थप प्रयासहरूलाई प्रोत्साहन गर्नेमा जोड दिएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया