भारत, पाकिस्तान र मलेसियामा घट्दै कोरोना संक्रमण
नयाँदिल्ली । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा भने वृद्धि भएको छ ।
भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा ९ हजार चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक सय ५७ जनाको मृत्यु भएको छ ।
भारतमा हाल ८६ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित छन् । संक्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या चार करोड ४४ लाख आठ हजार एक सय ३२ पुगेको छ ।
यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । शनिबार दुई सय ९० जना नयाँ संक्रमित थपिएका थिए ।
पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको संख्या ३० हजार पाँच सय ७४ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीले बताएका छन् । एकसय १८ जना बिरामीको अवस्था गम्भीर छ ।
यसैबीच, मलेसियामा कारोनाका कारण ५ जनाको मृत्यु भएको तथा दुई हजार चार सय ९१ जना नयाँ बिरामी थपिएका छन् । शनिबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३४ हजार पाँच सय आठ जना सक्रिय संक्रमित रहेको जानकारी गराएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया