NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

केन्याले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । केन्याविरुद्ध तेस्रो टि–२० क्रिकेट खेलिरहेको नेपालले १५७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर रन १५६ रन बनाएको छ ।

घरेलु टोली केन्याका ब्याटर नेपाली बलरविरुद्ध हाबी भएका थिए । अन्तिम ५ ओभरमा मात्रै केन्याले ७० रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले समान १ विकेट लिए ।

ब्याटिङमा समस्या रहेको नेपाललाई १५७ रनको विशाल लक्ष्य पछ्याउन हम्मे–हम्मे देखिन्छ ।

पाँच टि–२० र तीन एकदिवसीय खेल खेल्न नेपाल यतिबेला केन्या भ्रमणमा छ ।

नेपालले लियो दोस्रो विकेट