हत्या मुद्दामा तीन वर्षमा १६ पटक पेसी !

काठमाडौं । दाजुको हत्या भएको तीन वर्ष बितिसक्दा पनि अदालतबाट न्याय नपाएपछि धनुषा मिथिला नगरपालिका–५, नक्टाझिज–सिरिपुरका २२ वर्षीया लक्ष्मीकुमारी महतो बुबा रामजीवनसँगै काठमाडौं आइपुगेकी छन् । नदी उत्खननको विरोध गर्दा २५ पुस ०७५ मा लक्ष्मीका दाइ दिलीप भनिने ओमप्रकाश महतोको हत्या भएको थियो ।
हत्या अभियोगमा प्रहरीले चुरियामाई बालुवा प्रशोधन कम्पनीका सञ्चालक विपीनकुमार महतो, टिपरचालक मुनिन्द्र महतो, लोडडर चालक रञ्जित भनिने जितेन्द्र महतो, टिपरका सहचालक रञ्जित भनिने सत्यनारायण महतो, मिस्त्री शशुधन महतो, विनोदकुमार महतो र रोशनकुमार महतो पक्राउ गरेको थियो । जिल्ला अदालत धनुको आदेशपछि विपीन, मुनिन्द्र र जिदेन्द्र पुर्पक्षका लागि जेलमा छन् । सत्यनारायण, शत्रुधन, विनोद र रोशन भने धरौटीमा छुटेका छन् ।
लक्ष्मीकुमारीका अनुसार तीन वर्षमा अदालतले १६ पटक मुद्दाको पेसी सारिसकेको छ । सोही कारण न्याय पाउन ढिलो भएकाले सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आउनुपरेको उनले बताइन्, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया