लिबियाको झडपमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, १५९ घाइते
काठमाडौं । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।
अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन् ।
लिवियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पु¥याउनुका साथै भवनमा आगजनी गरेका थिए । आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् र एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन्, मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को सज्ञा दिँदै यसको निन्दा गरेको थियो ।
सन् २०१९ र २०२० मा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिंसा हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया