जहाजमै कुटाकुट गर्ने एयर फ्रान्सका दुई पाइलट निलम्बित

काठमाडौं । गत जुन महिनामा जहाजकाे ककपिटमै कुटपिट गरेका दुई पाइलटको घटना यतिबेला सहतमा आएको छ । फ्रान्सका राष्ट्रिय ध्वजावाहक एयर फ्रान्सका ती दुई पाइलटको नाम कम्पनीले खुलाएको छैन ।
उक्त घटना हवाइ सुरक्षामा असर नपर्नेगरी तत्काल सामसुम पारिएको थियो । घटना दुई महिनाको भएपनि गत साता एयर फ्रान्सको हवाइ सुरक्षा बलियो नभएको भन्ने प्रतिवेदन सार्वजनिक भएसँगै यो घटना पनि बाहिरिएको हो ।
यस्तो घटना बाहिरिएसँगै कम्पनीले सुरक्षामा विशेष चासो दिने भन्दै दुवै पाइलटहरूलाई निलम्बन गरेको छ ।
जुन महिनामा भएको जेनेभा–पेरिस उडानमा उनीहरूले कुटपिट गरेका थिए । स्विट्जर्ल्याण्डबाट प्रकाशित हुने ला ट्रिबुन पत्रिकाका अनुसार पाइलट र को पाइलटले जहाज टेकअफ हुनेवित्तिकै एकअर्काको कठालो समातेका थिए ।
उडानकाे समयमा पाइलटहरू नै कुटाकुट गर्न थालेपछि विमान अवतरण हुनेवेलासम्म चालक दलका अर्का सदस्य पनि ककपिटमै गएर बस्नुपरेको थियो ।
ताजा अपडेट
-
धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन
-
सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
-
नेपालको कर्मचारीतन्त्र सुधारका लागि विशिष्टीकृत सेवा आवश्यक हो ?
-
विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने
-
यस्तो छ राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ मौद्रिक नीति (पूर्णपाठ)
प्रतिक्रिया