जहाजमै कुटाकुट गर्ने एयर फ्रान्सका दुई पाइलट निलम्बित
काठमाडौं । गत जुन महिनामा जहाजकाे ककपिटमै कुटपिट गरेका दुई पाइलटको घटना यतिबेला सहतमा आएको छ । फ्रान्सका राष्ट्रिय ध्वजावाहक एयर फ्रान्सका ती दुई पाइलटको नाम कम्पनीले खुलाएको छैन ।
उक्त घटना हवाइ सुरक्षामा असर नपर्नेगरी तत्काल सामसुम पारिएको थियो । घटना दुई महिनाको भएपनि गत साता एयर फ्रान्सको हवाइ सुरक्षा बलियो नभएको भन्ने प्रतिवेदन सार्वजनिक भएसँगै यो घटना पनि बाहिरिएको हो ।
यस्तो घटना बाहिरिएसँगै कम्पनीले सुरक्षामा विशेष चासो दिने भन्दै दुवै पाइलटहरूलाई निलम्बन गरेको छ ।
जुन महिनामा भएको जेनेभा–पेरिस उडानमा उनीहरूले कुटपिट गरेका थिए । स्विट्जर्ल्याण्डबाट प्रकाशित हुने ला ट्रिबुन पत्रिकाका अनुसार पाइलट र को पाइलटले जहाज टेकअफ हुनेवित्तिकै एकअर्काको कठालो समातेका थिए ।
उडानकाे समयमा पाइलटहरू नै कुटाकुट गर्न थालेपछि विमान अवतरण हुनेवेलासम्म चालक दलका अर्का सदस्य पनि ककपिटमै गएर बस्नुपरेको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया