कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु
काठमाडाैं । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड-९ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको संख्या लगातार घटेको छ । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड-१९ संक्रमितको संख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया