NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

बाटोमा भेटिएको एक लाख ७३ हजार रूपैयाँ फिर्ता

दमाैली। धादिङको ज्वालामुखी गाउँपालिका–७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै थिए । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए ।

चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास–१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।

झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिए । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका–१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पारेका थिए । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए ।

उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उनलाई विशेष धन्यवाद छ,’ उनले भने, ‘हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।’

 

ताजा अपडेट

नेपालवाच विशेष