भृकुटीमण्डपमा फर्निचर मेला हुने
काठमाडाैं । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ ।
फर्निचर तथा फर्निसिङ संघले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ । जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा रहने सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।
संघका अध्यक्ष जोशीका अनुसार नेपालमा रु ६० अर्ब बराबरको फर्निचरजन्य सामाग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यस्को झन्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको छ । प्रदर्शनीको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । प्रदर्शनी अवलोकनका लागि रु १०० शुल्क निर्धारण गरिएको छ ।
प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवर्द्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको समेत सहयोग रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया