आरजु सर्वसम्मत उम्मेदवार सिफारिस, २०७४ सालमा कस्तो थियो उनको अवस्था ?
काठमाडौं । आरजु राणा सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस भएकी छिन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु कैलाली ५ आरजुमात्रै उम्मेदवारमा सिफारिस भएकी हुन् । बुधबार बसेको कैलाली ५ को प्रदेशसभा क र ख का कार्यसमितिले आरजुको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेका हुन् । अब बिहीबार बस्ने क्षेत्रीय कार्यसमितिको बैठकले आरजुको नाम एकल रुपमा सिफारिस गर्ने तयारी गरेको छ ।
आरजुको एकल उम्मेदवारीको लागि केन्द्रीय सदस्य नृपबहादुर वडले समन्वय गरेका थिए । अब प्रतिनिधिसभाको क्षेत्रबाट आरजुको नाम औपचारिक रुपमा उम्मेदवारमा सिफारिस हुने उनको भनाई छ ।
२०७४ मा कस्तो थियो आरजुको अवस्था ?
२०७४ सालमा आरजु यही कैलाली ५ बाट पराजित भएकी थिइन् । एमालेका नारदमुनी रानासँग आरजु ४८८० मतान्तरले पराजित भएकी थिइन् । रानाले २७२०२ मत ल्याउँदा आरजुले २२३२२ मत ल्याएकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुको जितका लागि पुष्कर ओझाले पनि खुलेर सहयोग गर्नुपर्ने बताइएको छ । अन्यथा उनलाई चुनाव जित्न गाह्रो पर्ने बताइन्छ ।
स्थानीय तहको निर्वाचनमा कस्तो छ कैलाली ५ को अवस्था ?
स्थानीय तहको गत वैशाख ३० मा भएको निर्वाचनमा कैलाली ५ का वडाध्यक्षतर्फ कांग्रेसले २२७७९, एमालेले १७४२०, माओवादीले ८१७५, नेकपा एसले २००९, राप्रापले १७९७, नागरिक उन्मुक्ति पार्टीले ६५९, लोसपाले ३०२ र जसपाले १५० मत ल्याएका थिए । यसपटक सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एस र जसपासहितका दल मिलेर चुनाव लड्दैछन् । स्थानीय तहमा यो क्षेत्रका २१ मध्ये कांग्रेसले १३ वटा वडा जितेको थियो ।
सत्ता गठबन्धनको मत ३५ हजार हुँदा एमालेको आधा अर्थात १७४२० छ । गठबन्धन मिल्दा आरजुलाई सहजै चुनाव जित्ने अवस्था देखिएको छ । तर स्थानीय राजनीतिमा प्रभाव भएका ओझाले सहयोग नगर्ने र रेशम चौधरी समर्थित उम्मेदवार उठे आरजुलाई गाह्रो पर्न सक्ने पनि बताइन्छ ।
२०७४ मा आरजुलाई असहयोग गरेको भन्दै ओझालाई अनुशासनको कारवाही गरिएको थियो । यसैले यसपटक उनलाई विश्वासमा लिन नसके उनले स्वतन्त्र उम्मेदवारी दिन सक्ने पनि बताइएको छ ।
गत चुनाव अघि आरजुले कैलालीमा घरसमेत किनेकी थिइन् । अन्य ठाउँबाट आएर उम्मेदवार बनेको भन्दै उनीमाथि ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया