निलम्बित प्रधानन्यायाधीश राणासँग दोस्रो दिन पनि बयान
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाअभियोग सिफारिस समितिले दोस्रो दिन पनि बयान लिन सुरु गरेको छ ।
पहिलो दिनको बयानमा उठेका सवालमाथि भन्दा राणाले प्रतिशोधपूर्ण प्रश्नको उठान गरेका थिए । महाअभियोग निष्क्रिय भइसकेको, सेटिङमा प्रधानन्यायाधीश बनाउन खोजेको, माधव नेपाल पक्षका सांसदका मुद्दा अगाडि बढ्ने भए पछि आफूलाई महाअभियोग लगाइएका जस्ता विषय राणाले बुधबार निकालेका थिए ।
उनले सहकर्मी न्यायाधीश, बारका पदाधिकारीमा मात्रै होइन दलका नेताविरुद्ध पनि उत्रिएका थिए । उनले बुधबार ४ घण्टा बयान दिएका थिए । तर उनीमाथिको बयान नसकिएपछि बिहीबार ११ बजेपछि पुनः बयान सुरु भएको हो ।
राणाले आफूले दिएको परमादेशपछि बनेको सरकारमा सहभागी हुने दलले लगाएको महाअभियोगमाथि नै प्रश्न गरेका थिए ।
‘मेरै इजलास नेतृत्वले दिएको परमादेशको आधारमा यो सरकार बन्यो तर आदेश गलत थियो भने यो सरकार ठीक छ त ? आदेश ठीक हो भने महाअभियोग किन लगाउनुपरेको हो ?’ राणाले भनेका थिए । आदेश गलत भएको भनिरहेको एमालेले महाअभियोग लगाउनुपर्ने तर सत्तारुढ दलबाट आएको भन्दै यो नमिल्दो भएको उनको भनाई थियो । आफूविरुद्ध अरु न्यायाधीशलाई सत्तारुढ दलले विभिन्न आश्वासन दिएर प्रयोग गरेको आरोप राणााले लगाएका थिए ।
राणविरुद्ध फागुन १ मा ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया