सामूहिक हत्याकाण्ड आरोपमा जेलमा रहेका आलम पनि उम्मेदवारमा सिफारिस
काठमाडौं । सामूहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताव आलम पनि प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिसमा परेका छन् ।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेस रौतहट २ बाट आलम उम्मेदवारमा सिफारिस भएका हुन् । अघिल्लोपटक आलम यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगका लागेपछि उनी पुर्पक्षका लागि अहिले ललितपुरको नख्खुस्थित कारागारमा थुनामा छन् ।
तर कांग्रेस रौतहटले थुनामा रहेका आलमको नाम उम्मेदवारमा सिफारिस गरेको हो । आलमका साथै अन्जु झा पनि उम्मेदवारमा सिफारिसमा परेकी छिन् । रौतहट जिल्ला अदालतमा आलमको मुद्दा विचाराधीन छ ।
कांग्रेसको परिपत्र अनुसार एउटा क्षेत्रबाट प्रत्यक्षमा एक महिलासहित तीनजना र समानुपातिकमा एक महिलासहित दुई जनाको नाम सिफारिस गर्नुपर्ने छ ।
अघिल्लो निर्वाचनमा आलम रौतहट २ बाट १९६८ मतले विजयी भएका थिए । संघीय समाजवादी फोरमका किरणकुमार साह उनीसँग पराजित भएका थिए ।
आलममाथि मान्छेलाई इट्टाभट्टामा हालेर जलाएर मारेको आरोप लागेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया