कोका-कोला जेरो सुगर ग्लास बोतलमा
काठमाडाैं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँ प्याक बजारमा ल्याइएको हो।
फेरी प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण-मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका-कोलालाईलामो समयसम्म रेफ्रेश बनाई रक्छ । कोका–कोला जेरो सुगर आरजिबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैँयामा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँहरुमाझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ। जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’
कोका–कोलाले यसै वर्ष नेपालमा नयाँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरुको जीवन–शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरु बजारमा ल्याउँदै आइरहेको छ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘कोका–कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प हो। क्यालोरी बिना रिफ्रेश्मेन्ट लिन चाहने उपभोक्ताहरुको लागि अत्यन्तै उपयुक्त यो प्याक पुन प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।’
कोका–कोला जेरो सुगरको नयाँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया