NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

साओमी नेपालको दशैं ‘दश एमआई’ अफर

काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि आकार्षक अफर ल्याएको छ ।

एक महिना लामो यो दशै दश एमआई (MI) क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दश एमआई लक्की ड्रमा प्रत्यक्ष सहभागी भई #दश एमआई क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नेछन् ।

शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष दश एएमआई अफर ल्याएको हो । #दश एमआई क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले एमआईको ४ एस ६५” को टिभी, चार जनाले एमआईको ४३” को टिभी, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light र Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।

यस अफरको बारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेज अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’

यो अफर अफरहरू भदौ १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष