NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओली निवासमा सुटुक्क कांग्रेस नेता शेखर

काठमाडौं । कांग्रेसका संस्थापनइतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार बालकोटस्थित निवास पुगेर कोइरालालाले ओलीसँग दुई घण्टा छलफल गरे । कोइरालासँगको भेटवार्तापछि ओली गृह जिल्ला झापा प्रस्थान गरेका थिए ।

दुई नेताबीचको छलफलको विषयवस्तु सार्वजनिक गरिएको छैन । ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताबीच भएको छलफलका विषयवस्तुबारे आफू जानकार नरहेको बताए । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ओलीसँगको भेटवार्ता नै अस्वीकार गरे ।

‘चुनाव लागेकाले अहिले हामी आन्तरिक व्यवस्थापनमा व्यस्त छौं । यस्तो बेला उहाँसँग भेटवार्ता हुने कुरै भएन,’ थपलियाले भने । ल

सत्तागठबन्धनमा सिट बाँडफाँटको रस्साकस्सी चलिरहेका बेला शेखरको यो भेटलाई अर्थपूर्ण मानिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा लचकता अपनाएर भए पनि सत्तागठबन्धनका दलसँग मिलेर आसन्न निर्वाचनमा जान चाहिरहेका छन् । तर कोइराला समूहले भने कांग्रेसले कम्तीमा सय सिट लिनुपर्ने बटमलाइन बनाएको छ । यही बटमलाइनअनुसार उसले देउवालाई दबाब दिइरहेको छ ।

ओलीसँगको भेटमा कोइरालाले गठबन्धन संस्कृति राम्रोसँग विकास नभइसकेकाले चुनावअघि दलहरूबीच एकल प्रतिस्पर्धा भए राम्रो हुने धारणा राखेको स्रोतले जनाएको छ । ओलीले पनि लामो समय लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएको पार्टीले त्यसरी गठबन्धन बनाएर जाँदा मतदातामा कांग्रेस कमजोर बन्दै गएको मनोवैज्ञानिक प्रभाव पार्ने र त्यसको प्रत्यक्ष लाभ एमालेले नै लिनसक्ने बताएका थिए, नयाँ पत्रिका दैनिकमा खबर छ ।